२२ फाल्गुन २०८२, शुक्रबार

लुम्बिनीका ८ निर्वाचन क्षेत्रमा रास्वपा अगाडी,प्रचण्ड अगाडि बढ्दा विष्णु पाैडेल पछि परे

प्रकाशित मिति :  6 March, 2026 11:06 am


काठमाडौँ । लुम्बिनी प्रदेशमा २४ निर्वाचन क्षेत्र रहेकोमा आधाभन्दा बढी क्षेत्रमा मतगणना जारी छ ।

अहिलेसम्म कपिलवस्तु–३, दाङ–१, बाँके १, २, ३, रुपन्देही १, २, ३, ४, र ५, बर्दिया २ र रुकुम पूर्व–१ मत गणना भइरहेको छ ।

मतगणना सुरु भएका क्षेत्रमध्ये ८ निर्वाचन क्षेत्रमा रास्वपा अगाडि छ । एमाले २ , काँग्रेस र नेकपा एउटा अगाडि छन् ।

बाँके २ मा एमालेका मोहम्मद इस्तियाक राई, रुपन्देही–४ मा एमालेकै प्रमोद कुमार यादव,कपिलवस्तु–३ मा काँग्रेसका अभिषेक शाह तथा रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल अगाडि छन् ।

१२ निर्वाचन क्षेत्रमा जारी मतगणनामा ८ क्षेत्र रास्वपाले अग्रता कायमै राखेको छ ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसमेत रुपन्देही २ मा निकै पछि परेका छन् ।



प्रतिक्रिया दिनुहोस !