२२ फाल्गुन २०८२, शुक्रबार

रास्वपा एक सिटमा विजयी र ४९ सिटमा अग्रता

प्रकाशित मिति :  6 March, 2026 12:12 pm


काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको जारी मतदानमा अहिलेसम्म काठमाडौँ क्षेत्र नम्बर १ को मत गणनाको परिणाम आएको छ ।

काठमाडौँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना निर्वाचित भएकी छन् ।

१ सय ६५ निर्वाचन क्षेत्र मध्ये ६५ ओटामा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ स्थानमा अग्रता कायम गरेको छ ।

नेपाली कांग्रेसले ७ र नेकपा एमालले ४ सिटमा अग्रता कायम गरेको छ ।

नेपाली कम्युनिस्ट पार्टीले २ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ र श्रम संस्कृति पार्टीले १ सिट अग्रता कायम गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !