रूपन्देही ४ मा रास्वपा उम्मेदवार कन्हैया बनियाँ निर्वाचित
प्रकाशित मिति : 7 March, 2026 6:29 am
रुपन्देही । रूपन्देही ४ मा रास्वपा उम्मेदवार कन्हैया बनियाँ निर्वाचित भएका छन् ।
उनले २८ हजार ६६ मत लिएर विजयी भएका हुन् । उनले नेकपा एमालेका प्रमोदकुमार यादवलाई ७ हजार ८०४ मतले पछि पार्दै विजयी भएका हुन् । एमालेका यादवले २० हजार २६२ मत प्राप्त गरेका छन्।
तेस्रोमा कांग्रेसका आशुतोष मिश्र १५ हजार ६१३ मत प्राप्त गरेका छन् ।







