२३ फाल्गुन २०८२, शनिबार

रोल्पामा वर्षमान पुनको अग्रता कायमै,एमालेका घर्तीलाई पछि पारे रास्वपाका थापाले

प्रकाशित मिति :  7 March, 2026 6:50 am


रोल्पा । रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार वर्षमान पुनको अग्रता कायमै छ ।

उनले ९ हजार १ सय २७ मतसहित अग्रता कायमै राखेका छन् भने दोस्रोमा नेपाली कांग्रेसका डा. सुदनकुमार ओलीले ५ हजार १ सय ६४ मत ल्याएर पछ्याइरहेका छन् ।

रास्वपाका बलाराम थापाले नेकपा एमालेका गोकुल घर्तीलाई पछि पारेका छन् र घर्तीको ३ हजार ७ सय ४५ मत हुँदा रास्वपाका थापाको मत ३ हजार ८ सय ८३ मत छ ।

नेकपा माओवादीको २ हजार ३ सय ५६ मत छ ।



प्रतिक्रिया दिनुहोस !