चुनावी नेतृत्व गरेका नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्ड पराजित
प्रकाशित मिति : 7 March, 2026 1:18 pm
काठमाडौँ । विप्लव नेतृत्वको नेकपा (माओवादी)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पराजित भएका छन् ।
कालिकोटबाट चुनाव उठेका प्रकाण्ड पराजित मात्रै भएनन् समग्रमा चौथो स्थामा रहे । उनी नेकपा(माओवादी)बाट चुनावको नेतृत्व गरेका थिए ।
कालीकोटबाट नेपाली कम्युनिस्ट पार्टीका नेता महेन्द्रबहादुर शाही विजयी भएका छन् ।
२०६४ को निर्वाचनमा सोही क्षेत्रबाट भारी मतका साथ विजय भएका प्रकाण्ड १८ वर्षपछि फेरि चुनावी मैदानमा उत्रिएका थिए ।
मतगणनाको अन्तिम नतिजाअनुसार महेन्द्रबहादुर ११ हजार ३३८ मतसहित विजयी हुँदा ४ हजार ५९९ मत पाएका प्रकाण्ड चौथो स्थानमा रहे ।
एमालेका नगीन्द्रबहादुर शाही ‘नेशनल’ ले १० हजार ३५२ मत ल्याए दोस्रो हुँदा ७ हजार १३३ मत पाएका कांग्रेसका हर्षबहादुर बम तेस्रो बने ।








