२३ फाल्गुन २०८२, शनिबार

गुल्मी क्षेत्र नम्बर २ मा तीन पटक चुनाव जितेका एमालेका गोकर्ण विष्टलाई हराउँदै रास्वपाका पन्थी विजयी

प्रकाशित मिति :  7 March, 2026 1:31 pm


दाङ । गुल्मी क्षेत्र नम्बर २ मा एमाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोविन्द पन्थी विजयी भएका छन् ।

उनी नेपाल प्रहरीका सेवा निवृत्त प्रहरी नायब उपरीक्षक हुन् ।

अन्तिम मतपरिणामअनुसार पन्थीले नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टलाई ४९६ मत अन्तरले विजयी भएका हुन् ।

पन्थीले १६ हजार ८७८ मत प्राप्त गर्दा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले १६ हजार ३८२ मत प्राप्त गरे ।

विष्ट गुल्मी क्षेत्र नम्बर २ बाट २०७०, २०७४ र २०७९ को चुनाव जितेका थिए ।

कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १४ हजार ४०५ र नेपाल कम्युनिस्ट पार्टीका श्रीराम महतले ३ हजार ७९ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !