पूर्वअर्थमन्त्री जनार्दंन शर्मा पराजित
प्रकाशित मिति : 8 March, 2026 12:22 pm
काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दंन शर्मा पराजित भएका छन् ।
उनी पराजित मात्रै भएनन् उनले यसअघि चुनाव जितेको रुकुम पश्चिममा तेस्रोत भए ।
उक्त क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा २१ हजार ६ सय ९ मत ल्याएर विजयी भए ।
दोस्रो भएका नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६ सय ६१ मत ल्याउँदा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले १४ हजार ३ सय ४६ मत मात्रै ल्याए ।
उनी तत्कालीन नेकपा (माओवादी केन्द्र)ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग एकता गर्ने भनेपछि अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी बनाएका थिए ।
सुरुमा अग्रता कायम गरेका शर्मा अन्तिममा तेस्रो स्थानमा चित्त बुझाएका छन् ।








