२६ फाल्गुन २०८२, मंगलबार

दाङ-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित विपिनकुमार आचार्यले बुझाए चुनाव खर्च

प्रकाशित मिति :  10 March, 2026 3:11 pm


दाङ । दाङको क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित विपिनकुमार आचार्यले चुनावी खर्चको विवरण बुझाएका छन् ।

उनले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्चको विवरण बुझाएका हुन् ।

आचार्यले १६ लाख २९ हजार ५६२ रुपैयाँ चुनावमा खर्च विवरण बुझाएका छन् ।

रास्वपाका सहमहामन्त्री समेत रहेका आचार्यले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !