३ चैत्र २०८२, मंगलबार

रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण सुरु

प्रकाशित मिति :  17 March, 2026 10:52 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम आजदेखि सुरु गरेको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार उक्त अभिमुखीकरणमा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारीबारे विस्तृत जानकारी गराइनेछ । साथै, पार्टीले अवलम्बन गर्नुपर्ने नीतिगत दिशा र आगामी कार्ययोजनाबारे समेत छलफल हुने जनाइएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमार्फत उल्लेख्य सफलता हासिल गर्दै एक सय ८२ सिट जितेको थियो ।

यसैबीच, पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण कार्यक्रममा अनिवार्य उपस्थितिका लागि छ बुँदे निर्देशन जारी गर्दै सक्रिय सहभागिताको आह्वान गरेका छन् ।

रास्वपाले नयाँ सांसदहरूलाई प्रभावकारी रूपमा संसदीय भूमिकामा स्थापित गराउने उद्देश्यले यो अभिमुखीकरण आयोजना गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !