१३ चैत्र २०८२, शुक्रबार

बालेन शाह प्रधानमन्त्री नियुक्त

प्रकाशित मिति :  27 March, 2026 10:58 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आज शाहलाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ।

संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा राष्ट्रपति पौडेलले उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । बिहिबार राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा बालेन शाहलाई चयन गरेको थियो।

प्रधानमन्त्री शाहको शपथ आजै मध्याह्न हुदैछ। मध्याह्न १२:३४ बजे राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री बालेनको शपथ ग्रहण कार्यक्रम तय भएको छ।



प्रतिक्रिया दिनुहोस !