काठमाडौँका पूर्वसिडिओ छवि रिजाल पक्राउ
प्रकाशित मिति : 31 March, 2026 10:02 am
काठमाडौँ । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान उनलाई सुविधानगरस्थित निवासबाटै पक्राउ गरेको हो ।
रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ । उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए । उनी माथि आन्दोलनकारी माथि गोली चलाउन दिएको आरोप छ ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्।








