विज्ञताको आधारमा समितिको कामलाई प्रभावकारी ढंगले अघि बढाइनेछः शिक्षा समिति सभापति शेरचन
काठमाडौँ । नवनिर्वाचित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डा. ओजश्वी शेरचनले विज्ञताको आधारमा आफूले समितिको कामलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् ।
शुक्रवार सिंहदरबारमा समितिको सभापतिमा निर्वाचित भएगलत्तै उनले सञ्चारकर्मीमाझ कुरा राख्दै सत्तापक्ष र प्रतिपक्ष भन्दा पनि शिक्षा, स्वास्थ्य र सूचना प्रविधि क्षेत्रका विज्ञहरुले दिएका सुझावको आधारमा समितिको कामलाई प्रभावकारी ढंगले अघि बढाउने योजना रहेको बताएकी हुन् ।
सभापति शेरचनले समितिको कामलाई प्रभावकारी बनाउनका लागि विषयविज्ञहरुसहितको उपसमिति तत्काल बनाउने समेत बताइन् । उनले भनिन्, “‘हामी डिफरेन्स सेक्टरमा मान्छेहरु, डिफरेन्ट विज्ञता भएका मानिसहरु सँगै जोडेका छौ । अहिले हामी पक्ष र विपक्ष भन्दा पनि टिम नेपाल भनेर अगाडि जान्छौँ भनेर म त्यस्तै किसिमले अघि बढ्न चाहन्छु ।”
सभापति शेरचनले समितिलाई पक्ष र विपक्षमा भन्दा पनि नेपालको पक्षमा काम गराउने आफूले चाहेको पनि स्पष्ट पारिन् ।
–न्युज एजेन्सी नेपाल








