१२ श्रावण २०८१, शनिबार

कपिलवस्तुबाट ५ थान एसएमजी र गाेली बरामत

प्रकाशित मिति :  16 November, 2019 11:33 am


काठमाडौं, ३० कार्तिक

प्रहरीले कपिलवस्तुकाे शिवनगरबाट अत्याधुनिक हतियार र गाेली बरामद गरेको छ।

कपिलबस्तु जिल्लाको शिवनगर नगरपालिका वडा नं. १ स्थित खाली गोठबाट ५ थान एसएमजी राईफल, १३ थान म्यागजिन र ३९० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले बरामद गरिएका सबै हतियार सरकारद्धारा प्रतिवन्धित विप्लव नेकपाकाे भएको दाबी गरेका छन्।

दाङको गढवा गाउँपालिका र कपिलबस्तु जिल्लाको सीमाना क्षेत्रमा विशेष सूचनाको आधारमा प्रहरीको विशेष टोली परिचालन भएर खोजतलाश गर्ने क्रममा रित्ता गोठहरुमा हतियार बरामद भएको एसपी भट्टराईले बताए।

खाली र बेवारिसे गोठ भित्र सुटकेश भित्र राखेर पात पत्तिंगर तथा झारपातले छोपेर लुकाई राखेको अवस्थामा ती हातहतियार फेला परेका हुन,’ एसपी भट्टराईले भने ।

उनले ती सबै हतियार एउटै गोठवाट शुक्रबार बेलुका ६ बजेतिर प्रहरीले फेला पारेकाे जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !