मन्त्रिपरिषद् बैठक बस्दै
प्रकाशित मिति : 11 May, 2026 10:30 am
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज (वैशाख २८) गते बिहान १०ः३० बजे बैठक बस्ने जानकारी गराइएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषय, सरकारी नीति तथा कार्यक्रम तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ ।








