२८ बैशाख २०८३, सोमबार

८ वटा अध्यादेश प्रतिनिधि सभामा पेश

प्रकाशित मिति :  11 May, 2026 3:44 pm



काठमाडाैँ । सरकारले जारी गरेका ८ वटा अध्यादेश प्रतिनिधि सभामा पेश गरिएका छन् । 

सभाको सोमवारको बैठकमा मन्त्रीहरुले अध्यादेश पेश गरेका हुन् । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पती शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३, पेश गरे। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेश गरे।

त्यसैगरी कानूनमन्त्री गौतमले प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३, र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३, गरी तीन वटा प्रतिस्थापन विधेयक सभामा पेश गरे।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ पेश गर्नुभयो । सरकारले यसअघि आह्वान गरिसकेको संसद अधिवेशन गरेर अध्यादेश ल्याएको थियो ।

बैठकमा विपक्षी दलका नेताहरुले सरकारले अध्यादेशमार्फत मुलुक सञ्चालन गर्न खोजेको आरोप लगाउँदै आपत्ति जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !