स्टार्टअप नेपाल पोर्टलमार्फत एकैदिनमा कम्पनी दर्ता गर्न सकिने
प्रकाशित मिति : 11 May, 2026 4:44 pm
काठमाडौँ । सरकारले स्टार्टअप नेपाल पोर्टलमार्फत एकैदिनमा कम्पनी दर्ता, कर छुट, बिउ पुँजी लगायतका सेवा प्रदान गर्ने भएको छ ।
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्टार्टअप नेपाल पोर्टलमार्फत एकैदिनमा कम्पनी दर्ता, कर छुट, बिउ पुँजी लगायतका सेवा प्रदान गरिने जनाएका हुन् ।




