१९ बैशाख २०८१, बुधबार

लकडाउनको संकटका बेला सरकारले पेट्रोलियम पदार्थको मूल्य बढायो

प्रकाशित मिति :  30 June, 2020 8:44 pm


काठमाडौं,१६ असार ।

लकडाउनको बेला सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

लकडाउनका कारण जनता संकटमा परिरहेका बेला सरकारले पेट्रोलियम पदार्थमा मूल्य बढाएको हो । बजेट भाषण मार्फत पेट्रोलमा अत्याधिक कर थपेको सरकारले पेट्रोलको मूल्य लिटरमा ५ रुपैयाँ र डिजल तथा मट्टितेल २ रुपैयाँले बढाएको छ ।

यसअघि अर्थमन्त्रीले कर बढाएपनि उपभोक्तालाई असर नपर्ने बताएका थिए । तर आयल निगमले आज राति देखि १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरेको निगमले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !