४ जेष्ठ २०८३, सोमबार

नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित

प्रकाशित मिति :  18 May, 2026 2:48 pm


जेनेभा (स्विट्जरल्याण्ड) । विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्ष पदमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको छ ।

जेनेभास्थित पाले डे नेसन्समा आज आयोजित महासभाको उद्घाटन सत्रमा यो निर्वाचन सम्पन्न भएको हो । यस उपलब्धिलाई नेपालको स्वास्थ्य कूटनीति तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

महासभाको सोही सत्रमा आजै नेपालको तर्फबाट मन्त्री निशा मेहताले वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस !