२७ बैशाख २०८१, बिहिबार

बागी उम्मेदवार चौधरीका प्रस्ताबक र समर्थकले समर्थन फिर्ता लिए

प्रकाशित मिति :  16 November, 2019 4:39 pm


दाङ ३० कात्तिक, घोराही उपमहानगरपालिका वडा नंं १६ मा हुन लागेको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवारको बागी दिएका जगलाल चौधरीका प्रस्ताबक र समर्थकले आफ्नो समर्थन फिर्ता लिएको जनाएका छन् ।

शनिबार समर्थक मनोज श्रेष्ठ र प्रस्ताबक भुपबहादुर भण्डारीले एक बिज्ञप्ति जारी गरि समर्थन फिर्ता लिएको जनाएका हुन् ।

समर्थन फिर्ता लिए संगै उनीहरुले नेकपाका आधिकारिक उम्मेदवार सुरेशबहादुर केसी लाई सहयोग गर्ने समेत जनाएका छन् । पार्टीसंग भएको निरन्तर छलफल पछि आफुले चौधरीको समर्थन फिर्ता लिएर प्रतापलाई बिजय बनाउन सहयोग गर्ने जनाएका हुन् । तर बागी उम्मेदवार चौधरीले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् ।



प्रतिक्रिया दिनुहोस !