१४ असार २०८३, आइतबार

प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन पेश

प्रकाशित मिति :  28 June, 2026 12:57 pm


काठमाडाैँ। प्रतिनिधि सभाको बैठकमा महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ पेश गरिएको छ।

आइतबार बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले कार्यसूचीअनुसार प्रतिवेदन पेश गर्न अनुमति दिएपछि प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन सदनसमक्ष प्रस्तुत गरिन्।

मन्त्री गौतमले नेपालको संविधानको धारा २९४ बमोजिम महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ प्रतिनिधि सभामा पेश गरिन्।



प्रतिक्रिया दिनुहोस !