१९ असार २०८३, शुक्रबार

सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्छ : एमाले सांसद रखाल

प्रकाशित मिति :  3 July, 2026 4:24 pm


काठमाडौं । नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य मिनासिंह रखालले सरकारले अनुत्पादक क्षेत्रमा बजेट खर्च नगरी किसानको राहत र उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने बताएकी छन्।

शुक्रबार राष्ट्रिय सभा बैठकमा कृषि, वन तथा वातावरण मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले तालिम र गोष्ठीका नाममा हुने खर्च घटाएर किसानको हित र उत्पादन वृद्धि हुने क्षेत्रमा बजेट परिचालन गर्न सरकारलाई सुझाव दिइन्। साथै, साधारण खर्च कटौती गरी जनमुखी कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिइन्।

उनले भनिन्, “किसान असुरक्षित छन्। यस्तो अवस्थामा तालिम र गोष्ठीभन्दा पीडितलाई राहत, क्षतिपूर्ति, रोकथाम, संरक्षण र किसानको उचित व्यवस्थापनमा बजेट केन्द्रित गर्नुपर्छ। सरकारले साधारण खर्च कटौती गर्ने दाबी गरे पनि चालु खर्च अझै उच्च छ र रोजगारी सिर्जना गर्ने कार्यक्रमसमेत ल्याउन सकेको छैन।”

  • न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !