१९ असार २०८३, शुक्रबार

ऊर्जा व्यापारमा सरकारले उचित कदम चाल्नुपर्नेमा सांसद गुरुङको जोड

प्रकाशित मिति :  3 July, 2026 4:44 pm


काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद दुर्गा गुरुङले ऊर्जा व्यापारलाई प्रभावकारी बनाउन सरकारले आवश्यक नीतिगत र संरचनागत कदम चाल्नुपर्ने बताएकी छन्।

शुक्रबार राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले प्रसारण लाइन, जग्गा अधिग्रहण र वातावरणीय प्रभाव मूल्यांकनका समस्याका कारण धेरै जलविद्युत आयोजना समयमै सम्पन्न हुन नसकेको उल्लेख गरिन्।

उनले भने, “धेरै जलविद्युत आयोजना समयमा सम्पन्न हुन सकेका छैनन्। उत्पादन भएको विद्युतसमेत पूर्ण रूपमा उपयोग हुन नसकेको अवस्था राष्ट्रिय स्रोतको उपयोगमा भएको गम्भीर कमजोरी हो, त्यसैले ऊर्जा व्यापारमा सरकारले उचित कदम चाल्नुपर्छ।”

सांसद गुरुङले विद्युतको आन्तरिक खपत बढाउनेतर्फ पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताइन्।

-न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !