२८ असार २०८३, आइतबार

नसेल–ट्रिप टर्बो सहकार्य, बस र हवाई टिकटदेखि साहसिक गतिविधिमा ८ हजार रुपैयाँसम्म छुट

प्रकाशित मिति :  12 July, 2026 5:05 pm


काठमाडौं । एनसेलका ग्राहकले अब एनसेल एपमार्फत बस तथा आन्तरिक हवाई टिकट बुकिङदेखि विभिन्न साहसिक गतिविधिमा ८ हजार रुपैयाँसम्म छुट पाउने भएका छन्।

एनसेलले ट्राभल प्लेटफर्म ट्रिप टर्बोसँग साझेदारी गरेसँगै यो सुविधा उपलब्ध गराएको हो। साझेदारीअन्तर्गत ९९ रुपैयाँ वा सोभन्दा बढीको कुनै पनि एनसेल प्याक खरिद गर्ने ग्राहकले ट्रिप टर्बोमार्फत यात्रा तथा साहसिक गतिविधिमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकले पहिलो पटक आन्तरिक हवाई टिकट बुकिङ गर्दा २०० रुपैयाँ, त्यसपछिका प्रत्येक आन्तरिक उडानमा १४० रुपैयाँ तथा बस टिकट बुकिङमा १११ रुपैयाँ छुट पाउनेछन्। साथै, विभिन्न मनोरञ्जनात्मक तथा साहसिक गतिविधिमा अधिकतम ८ हजार रुपैयाँसम्म छुट उपलब्ध हुनेछ।

यी सुविधा एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ अन्तर्गत रहेको ट्रिप टर्बो सेक्सनमार्फत लिन सकिने कम्पनीले जनाएको छ। यसमार्फत ग्राहकले यात्रा तथा मनोरञ्जनसँग सम्बन्धित सेवा सहज रूपमा खोज्न र छुट प्रयोग गर्न सक्नेछन्।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले ग्राहकलाई दूरसञ्चार सेवासँगै यात्रा र जीवनशैलीसँग सम्बन्धित थप मूल्य प्रदान गर्ने उद्देश्यले ट्रिप टर्बोसँग सहकार्य गरिएको बताए। उनले यसबाट ग्राहकको यात्रा अझ सहज, किफायती र लाभदायी हुने विश्वास व्यक्त गरे।

एनसेलका अनुसार यो सहकार्य कम्पनीको डिजिटल लाइफस्टाइल इकोसिस्टम विस्तार गर्ने रणनीतिअन्तर्गतको अर्को कदम हो। कम्पनीले एनसेल एपमार्फत विभिन्न डिजिटल सेवा र साझेदारका अफर एकीकृत गर्दै ग्राहकलाई परम्परागत दूरसञ्चार सेवाभन्दा थप सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट, बस टिकट, होटल बुकिङ, होलिडे प्याकेज तथा ग्राहकको आवश्यकता अनुसारका यात्रा सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार यो सहकार्यले डिजिटल माध्यमबाट यात्रा सेवा अझ सहज र पहुँचयोग्य बनाउन सहयोग पुग्नेछ।



प्रतिक्रिया दिनुहोस !