२६ श्रावण २०८३, मंगलबार

विद्युतबाट एम्बुलेन्स र शव वाहनमा कर छुट, मेहेतासमेत चार जना सहिद घाेषणा, यस्ता छन् मन्त्रीपरिषदका निर्णय

प्रकाशित मिति :  11 August, 2026 5:06 pm


काठमाडौँ । नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान हुने भएको छ । मंगलवार बसेको मन्त्री परिषद वैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रीपरिषद्ले सुनसरी/सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गनेश कुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय कन्सुलर अफिस० खोल्न सहमति दिने र वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती, बारालाई नियुक्ति समेत निर्णय गरिएको छ ।

पूर्वमहालेखापरीक्षक श्री टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय पनि वैठकले गरेको छ ।



प्रतिक्रिया दिनुहोस !