साढे ५ महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलमा नेता कार्यकर्ताको लस्कर (फाेटाेफिचर)
प्रकाशित मिति : 13 August, 2026 1:59 pm
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।
देउवा केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। उनी आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्।
गत फागुनको दोस्रो साता चुनावको मुखमा उपचारका लागि बैंकक पुगेका उनी त्यहीँबाट हङकङ गएका थिए । साढे ५ महिनापछि काठमाडौं उत्रिएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए। उनको स्वागतमा कांग्रेस संस्थापन इतरका नेताको विमानस्थलमा भिड लागेको छ ।

















