१२ बैशाख २०८१, बुधबार

रामोसको गोलमा रियल उपाधिको नजिक

प्रकाशित मिति :  3 July, 2020 1:21 pm


१९ असार, काठमाडौं ।
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेलाई १–० गोलअन्तरले ले हराएको छ ।

बिहिबार राति रियलेको घरेलु मैदानमा भएको खेलमा रियलका कप्तान सर्जियो रामोसले खेलको ७९ औं मिनेटमा पेनाल्टीमा निर्णायक गोल गर्दै रियललाई जित दिलाए ।

खेलको ७९ मिनेटमा गेटाफेका मथियास ओलिभेराले रियलका ड्यानी कार्भान्जललाई फल गरेपछि रियलले पेनाल्टी पयो । पेनाल्टीमा रियलका कप्तान सर्जियो रामोसले गोल गरे।

खेलको सुरुवातमा रियलमाथि गेटाफे हाबी देखिए पनि रियलका गोलकिपरले केहि प्रहारलाई उत्कृष्ट बचाउ गर्दै विफल पारेपछि गेटाफे हार ब्यहोर्नुपर्याे।

जितसंगै रियलले दोस्रो स्थानको बार्सिलोनासंग ४ अंकको अग्रता बनाउदै उपाधी नजिक पुगेको छ । रियलको ३३ खेलबाट ७४ अंक बटुलेको छ भने बार्सिलोनाको समान खेलबाट ७० अंक छ।

अब रियलले बाँकी रहेका ५ मध्ये ४ खेलमा जित हात पारे ला लिगाको उपाधि जित्नेछ।



प्रतिक्रिया दिनुहोस !