३ भदौ २०८३, बुधबार

लागुऔषध दुर्व्यसनीको भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण

प्रकाशित मिति :  19 August, 2026 4:28 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले कैलालीमा लागुऔषध दुव्र्यसनी भयावह बन्दै गएको भन्दै त्यसको नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन । उनले कैलालीको खुला सीमा र जंगली क्षेत्रमा लागुऔषधको कारोेबार हुने गरेको उल्लेख गरे ।

उनले लागु औषध दुव्र्यसनका कारण हजारौँ युवाहरुको जीवन बर्बाद भइरहेकोतर्फ सरकारको ध्यान जान जरुरी रहेको बताए । लागुऔषध दुव्र्यशनीमा फसेका युवाहरुका कारण समाजमा चोरी, डकैती, झैझगडा, लुटपाट जस्ता घटनामा भएको भन्दै उनले त्यसको नियन्त्रणकाल लागि गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।

लागुऔषधको ओसारपसार र प्रयोगलाई नियन्त्रणमा सक्रियता बढाउनुपर्नेमा उनको जोड छ ।



प्रतिक्रिया दिनुहोस !