नेपाल लाइफ इन्स्योरेसन्सको अवार्ड कार्यक्रम विवादमा,विरोध गर्ने अभिकर्तालाई प्रहरी लगाएर पक्राउ
प्रकाशित मिति : 20 August, 2026 8:40 am
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता लिडरसिप एक्सिलेन्ट अवार्ड कार्यक्रममा अभिकर्ताहरूले विरोध जनाएपछि कम्पनीले प्रहरी लगाएर केही अभिकर्ताहरूलाई पक्राउ गराएको छ ।
अवार्ड एकपक्षीय भएको भन्दै अभिकर्ताहरूले बुधबार नाराबाजी गर्दै विरोध जनाएपछि प्रहरीले केहीलाई पक्राउ गरेको थियो ।
पेशागत बीमा अभिकर्ता सघ नेपाल बीमक समिति, नेपाल लाइफ इन्स्योरेन्स च्याप्टरको अध्यक्षका कृष्णप्रसाद आचार्यसहितका अभिकर्तालाई प्रहरीले पक्राउ गरेको सङ्घले जनाएको छ । अवार्ड एकपक्षीय भएको भन्दै विरोध जनाएको थियो ।
अवार्ड नै विवादमा परेपछि देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने एजेन्सी तथा एजेन्सी म्यानेजर र कम्पनीका कर्मचारीले असन्तुष्टि जनाएका छन् ।








