अहिले नेपालमा नोटबन्दी उपयुक्त देखिँदैन : अर्थमन्त्री वाग्ले
प्रकाशित मिति : 21 August, 2026 2:20 pm
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा बोल्दै उनले अहिले नेपालमा नोटबन्दी उपयुक्त नहुने धारणा व्यक्त गरे।
छलफलमा सहभागी नागरिकले ‘नोटबन्दी किन नगर्ने?’ भनेर प्रश्न गरेपछि अर्थमन्त्री वाग्लेले सरकारको धारणा स्पष्ट पारे।
“नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ। तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ,” उनले भने।
नोटबन्दीको अभ्यास गरेका अन्य मुलुकमा पनि त्यसको सफलता राम्रो नदेखिएको उनले बताए।









