१२ बैशाख २०८१, बुधबार

प्यूठानमा टिपर दुर्घटनामा दुईको मृत्यु

प्रकाशित मिति :  4 July, 2020 4:44 pm


प्यूठान,२० असार ।

प्यूठानमा टिपर दुर्घटना हुँदा दुई जनाकोे मृत्यु भएको छ ।

सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा नौबहिनी गाउँपालिका वडा नं ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको ना ७ ख ८९३८ नं को टिपर दुर्घटना हुँदा वडा नं ६ का टिपर चालक ३० वर्षीय रोशन थापा र सहचालक ३५ वर्षीय झगबहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

सडकदेखि करीब ६ सय मिटर तल माडी खोलामा खसेको टिपर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।



प्रतिक्रिया दिनुहोस !