४ बैशाख २०८१, मंगलबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विवादमा, कोरोना परीक्षण निशुल्क भएको मुख्यमन्त्रीद्धारा जानकारी

प्रकाशित मिति :  4 July, 2020 5:20 pm


रुपन्देही,२० असार ।

दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षण गरेको शुल्क उठाउन थालेपछि प्रदेश ५ सरकारले त्यसलाई गलत भनेको छ ।

प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले आज सामाजिक सञ्जाल फेसबुकमा सबै प्रयोगशालाका लागि लाग्ने खर्चको व्यवस्थापन प्रदेश र केन्द्र सरकारको तर्फवाट भइरहेको प्रष्ट पारेका छन् ।

उनले भनेका छन्,‘सबै प्रयोगशालाका लागि लाग्ने खर्चको व्यवस्थापन प्रदेश र केन्द्र सरकारको तर्फवाट भइरहेको छ । कुनै पनि प्रयोगशालालले नीति र मापदण्ड विपरित व्यक्ति वा स्थानिय तहवाट शुल्कको माग गर्नु र शुल्क नबुझाएको भनेर परिक्षणका लागि नमुना फिर्तागर्नु गलत हो ।’

मुख्यमन्त्री पोख्रेलले प्रयोगशालाको परीक्षण खर्च उपलव्ध नभएको भए प्रदेश वा केन्द्र सरकारसंग विवरण खोलेर माग गर्न सकिने उल्लेख गरेका छन् ।

उनले भनेका छन्,‘यस विषयमा राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान ध्यान नपुगेको भए अविलम्व ध्यान जानु जरुरी छ । अनुमति विना कोभिड १९को सशुल्क परिक्षण गर्न मिल्दैन । ’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थानीय पालिकासँग एक जनाको कोरोना परीक्षण गरेवापत ५५ सय रुपैयाँ माग गर्दै पत्र पठाएको थियो । प्रतिष्ठानले रकम उपलब्ध नगराउने स्थानीय निकायको स्वाब नमुना फिर्ता गर्ने मात्रै होईन नमुना धेरै भएको भन्दै स्थानीय पालिका प्रमुखको फोन नउठाउने तथा ब्याक लिष्टमा राख्ने काम गरेपछि आलोचना हुँदै आएको छ ।

तर, मख्यमन्त्री पोख्रेलले कारोना परीक्षणको शुल्क लिन गलत भएको प्रष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस !