२ आश्विन २०८३, शुक्रबार

खाद्य विभागको महानिर्देशकमा पुनः सञ्जीवकुमार कर्ण

प्रकाशित मिति :  18 September, 2026 8:51 am


काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकमा सञ्जीवकुमार कर्ण पुनः नियुक्त भएका छन्।

कर्ण यसअघि पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशकका रूपमा कार्यरत थिए। २०८२ साउनमा उनलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको थियो। त्यसअघि २०८२ वैशाखमा उनको प्रदेश सरुवा निर्णय परिवर्तन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमै थमौती गरिएको थियो।

तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको विभाग बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत ल्याइएको छ।

सरकार गठनसँगै नेतृत्वविहीन बनेको विभागले लामो समयपछि महानिर्देशक पाएको हो। विभाग पुनर्संरचनाको प्रक्रियामा रहेकाले त्यसको आगामी स्वरूप र व्यवस्थापनसँगै खाद्य गुणस्तर तथा नियमनका कामलाई प्रभावकारी बनाउने जिम्मेवारी पनि कर्णको काँधमा आएको छ।



प्रतिक्रिया दिनुहोस !