७ आश्विन २०८३, बुधबार

आजदेखि पोखराबाट फ्लाई दुबईको नियमित उडान सुरु

प्रकाशित मिति :  23 September, 2026 7:32 am


काठमाडौँ ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ।

विमान आज साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ।

अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक अध्यागमन, भन्सार, कार्गो तथा सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको विमानस्थलले जनाएको छ।

फ्लाई दुबईको नियमित उडान सुरु भएपछि पोखराका पर्यटन व्यवसायी तथा उद्योगी उत्साहित भएका छन्। दुबई विश्वव्यापी हवाई ट्रान्जिट हब भएकाले पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने पर्यटन व्यवसायीको अपेक्षा छ।



प्रतिक्रिया दिनुहोस !