१५ बैशाख २०८१, शनिबार

नेपाल एयरलाइन्सको चालक दलका ७ जनामा कोरोना संक्रमण पृष्टि

प्रकाशित मिति :  6 July, 2020 3:47 pm


काठमाडौ, २२ असार । 

विदेशमा अलपत्र परेका नेपाली नागरिक उद्धारको जिम्मा पाएको नेपाल एयरलाईन्सका ७ जनामा कोरोना संक्रमण देखिएको छ ।  आज आएको परिक्षणको रिपोर्टअनुसार चालक दलका ७ जनामा संक्रमण पुष्टि भएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

कोरोना संक्रमित पुष्टि भएकाहरू विदेशबाट नेपालीलाई ल्याउन गरिएको उद्धार उडानमा संलग्न चालक दलका सदस्य हुन् । निगमले उनीहरूलाई सोल्टी होटलमा बनाइएको क्वारेन्टाइनमा राखेको छ।



प्रतिक्रिया दिनुहोस !