१४ बैशाख २०८१, शुक्रबार

‘ए’ डिभिजन क्लबलाई महानगरको १० लाख अनुदान

प्रकाशित मिति :  6 July, 2020 5:11 pm


२२ असार, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले ‘ए’ डिभिजन लिगका ६ क्लबलाई अनुदान रकम वितरण गरेको छ ।

महानगरपालिकाले सोमबार एक कार्यक्रमकाबीच आफ्नो क्षेत्रभित्रका सहिद स्मारक ‘ए’ डिभिजन लिगका ६ क्लबलाई समान १०/१० लाखका दरले अनुदान रकम प्रदान गरेको हो ।

अनुदान रकम पाउने क्लबमा मछिन्द्र क्लब, संकटा, हिमालयन शेर्पा, मनाङ मर्स्याङ्दी, काठमाडौं खेल मण्डल (एनआरटी) र सरस्वती युथ क्लब रहेका छन् ।

महानगरले यस अघि ‘ए’ सहित ‘बी’ लाई ३ लाख र ‘सी’ क्लबलाई २ लाख रुपैयाँ वार्षिक अनुदान उपलब्ध गराउदै आएको थियो ।
तर, यस वर्ष कोरोनाका कारण देखाउदै महानगरपालिकाले ‘ए’ बाहेक अन्य क्लबलाई अनुदान उपलब्ध नगराउने भएको छ ।



प्रतिक्रिया दिनुहोस !