२८ आश्विन २०८३, बुधबार

म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा

प्रकाशित मिति :  14 October, 2026 11:24 am


काठमाडौँ । श्रीलंकाका लागि प्रश्तावित नेपाली राजदुत डा. मञ्चलाकुमारी झाले आफू आरक्षणको विरोधी भएको बताउनुभएको छ ।
बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा सांसदहरुले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो रु भन्ने आरोपपछि यस्तो जवाफ दिनुभएको हो । आफू आरक्षणका आधारमा नभइ योग्यताका आधारमा सिफारिस भएको बताउनु भयो । आफूले अर्थशास्त्र, अंग्रेजी शिक्षा, हिन्दी, राजनीतिशास्त्र तथा परराष्ट्र नीति र कुटनीतिमा स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन गरेको बताउनु भयो । आफूले अवसरलाई आरक्षणभन्दा योग्यता र क्षमताका आधारमा प्राप्त गर्नुपर्छ भन्ने मान्यता राख्ने बताउनु भयो ।

उनले भनिन्, ‘म आफ्नो शैक्षिक योग्यता, क्षमता र अनुभवप्रति विश्वस्त छु । अर्थशास्त्र, अंग्रेजी शिक्षा, हिन्दी, राजनीतिशास्त्र तथा परराष्ट्र नीति र कुटनीतिमा स्नातकोत्तर र विद्यावारिधिसम्मको अध्ययन गरेकी छु । साथै, सार्वजनिक विषयमा लेखन र विश्लेषणमार्फत पनि योगदान दिँदै आएकी छु । म अवसरलाई आरक्षणभन्दा योग्यता र क्षमताका आधारमा प्राप्त गर्नुपर्छ भन्ने मान्यता राख्छु । त्यसैले, आफ्नो नियुक्तिलाई पनि योग्यता र क्षमताको आधारमा मूल्याङ्कन गरियोस् भन्ने चाहन्छु । कुटनीतिक क्षेत्रमा प्रत्यक्ष अनुभवको कमी रहेको कुरा म स्वीकार गर्छु । तर सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अनुभवसँग जोड्दै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्छु भन्नेमा विश्वस्त छु । सकारात्मक सोच, सिक्ने इच्छाशक्ति र दृढ प्रतिवद्धताका साथ नेपाल र श्रीलंकाबीचको सम्बन्ध सुदृढ बनाउन सक्ने विश्वास व्यक्त गर्दछु ।’

उनले कुटनीतिक क्षेत्रमा प्रत्यक्ष अनुभवको कमी रहेको बताइन् । सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अनुभवसँग जोड्दै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नसक्नेमा विश्वस्त रहेको बताइन् । न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !