१९ बैशाख २०८१, बुधबार

२४ घण्टामा थपिए २०४ कोरोना संक्रमित

प्रकाशित मिति :  7 July, 2020 4:34 pm


काठमाडौं, २३ असार । 

पछिल्लो २४ घण्टामा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  १६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थपिएका २ सय ४ जना संक्रमितसँगै देशभर १६ हजार १ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !