८ जेष्ठ २०८१, मंगलबार

बाह्रबिसे बाढी : घाईते काठमाडौको ह्याम्स अस्पतालमा भर्ना

प्रकाशित मिति :  9 July, 2020 1:40 pm


काठमाडौं, २५ असार । 

सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि उडेको हेलिकप्टर घटनास्थल पुगेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटा सुबोधको टोली घाइतेलाई उद्धारका लागि कैलाश एयरको हेलिकप्टर लिएर घट्नास्थल गएका हुन्।

उनका अनुसार हेलिकोप्टरबाट गम्भीर घाइते सविना बस्नेतलाई उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइएको छ। अर्का घाइते सिंहबहादुर वाइवालाई पनि हेलिकोप्टरबाटै काठमाडौं ल्याउने तयारी भइरहेको छ।

हेलिकोप्टरमा एकै पटकमा धेरै जना नअट्ने भएकाले गम्भीर घाईतेलाई ल्याउन लागेको उनले जानकारी दिए ।

सिन्धुपाल्चोकको जम्बु बजारमा बाढी पस्दा १९ जना सम्पर्कविहिन ,२ जनाको शव भेटियो



प्रतिक्रिया दिनुहोस !