१ जेष्ठ २०८१, मंगलबार

बिल गेट्स पुन: विश्वकैधनीको सूचीमा

प्रकाशित मिति :  17 November, 2019 12:03 pm


PARIS, FRANCE – APRIL 16: Co-chairman and co-founder of the The Bill and Melinda Gates Foundation, Bill Gates speaks to the media after his meeting with French president Emmanuel Macron at the Elysee Palace on April 16, 2018 in Paris, France. (Photo by Chesnot/Getty Images)

काठमाण्डौं, १ मंसिर

माइक्रोसफ्टका संस्थापक विल गेट्स पुनः विश्वकै धनीमा दरिएका छन्। शुक्रबार विश्वकै धनीमा अमेजनका सीईओ जेफ बेजोसलाई बिल गेट्सले पछि पारेका छन् ।

विल गेट्सको कुल सम्पत्ति ११० अर्ब डलर पुगेको ब्लूमबर्ग बिलियिनर सूचकले देखाएको छ । दुई वर्षको अवधिमा माईक्रोसफ्ट का सह संस्थापक शीर्ष स्थानमा उक्लिएको यो पहिलो पटक हो ।

गत वर्षको समान अवधिको तुलनामा सेप्टेम्बरसम्मको त्रैमासिक अवधिमा अमेजनको नाफामा झन्डै २८ प्रतिशतले गिरावट आएपछि गेट्सले बेजोसलाई गत महिना छोटो अवधिका लागि उछिनेका थिए । तर पहिलो स्थानमा गेट्सको अवधि छोटो अवधिका लागि मात्रै टिकेको थियो ।

यो  वर्ष माइक्रोसफ्को सेयर मूल्यमा झन्डै ४८ प्रतिशतले वृद्धि भएपछि गेट्सको सम्पत्तिमा पनि वृद्धि भएको हो । यसले कम्पनीमा उनको हिस्सेदारीको मूल्यमा वृद्धि गराएप्को थियो । अक्टोबरमा माईक्रोसफ्टले अमेजनलाई १० अर्ब डलरको क्लाउड कम्प्यूटिङमा पाखा लगाएको थियो ।

यो वर्ष बेजोसल आफ्नी पत्नी म्याकेन्जी बेजोससँगको डिभोर्समा अमेजनको ठूलो हिस्सा गुमाएका एि । हाल उनसँग १०८.७ अर्ब डलरको कुल सम्पत्ति रहेको छ ।



प्रतिक्रिया दिनुहोस !