२६ बैशाख २०८१, बुधबार

कालापनीबाट सेना फिर्ता लैजान प्रधानमन्त्री अाेलीको भारतलाई आग्रह

प्रकाशित मिति :  17 November, 2019 3:42 pm


कामाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । एक इन्च नेपाली भूमि पनि मिच्न नदिने भन्दै प्रधानमन्त्री अाेलीले नेपाली भूमिबाट अाफ्ना सेना फिर्ता गर्न अाग्रह गरेका हुन् ।

भारतले हालसालै जारी गरेको राजनीतिक नक्साबारे प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चबाट पहिलो पटक अाफ्नाे धारणा राखेका हुन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सवद्ध युवा संघ नेपालको बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकार कसैलाई पनि हाम्रो एक इन्च पनि जमिन मिच्न दिँदैन, छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् ।’

उनले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्ने भन्दै उत्श्रृंखल गतिविधि नगर्न समेत आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा सुनिन थालेको भन्दै राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !