१२ श्रावण २०८१, शनिबार

प्रदेश ५ मा चुनावी सरगर्मी बढ्दाे, सत्तारूढ नेकपा र कांग्रेसबीच मुख्य प्रतिष्प्रधा

प्रकाशित मिति :  17 November, 2019 5:40 pm


प्रदेश ब्यूराे । प्रदेश ५ मा १० स्थानमा हुँने उपनिर्वाचनकाे सरगर्मी बढेकाे छ । देशभर ५० पदका लागि हुन लागेको उपनिर्वाचनमा प्रदेश ५ अन्तर्गत प्रदेशसभा सदस्यसहित ९ वडाध्यक्ष पदका लागि उपचुनाव हुँँदैछ । प्रदेशका दाङ, बाँके, कपिलवस्तु, प्युठान, रोल्पा, गुल्मी र अर्घाखाँचीमा उपनिर्वाचन हुँनेछन्। 

दाङमा एकजना प्रदेशसभा सदस्य अन्तर्गत प्रदेशसभा सदस्य ३ (ख) र घोराही उपमहानगरपालिकाको वडा नं १६ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ जसका लागि ६ जनाको उम्मेदवारी परेको छ । 

गुल्मीको रुरु गाउँपालिका वडा नं ६ मा वडाध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी परेको छ भने कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० मा वडाध्यक्ष पदका लागि सिके राउत समूहको जनमत पार्टीसहित १२ जनाको उम्मेदवारी परेको छ । 

प्यूठानमा प्यूठान नगरपालिकाको वडा नं १ को वडाध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ । प्यूठानकै ऐरावती गाउँपालिका वडा नं १ मा हुने वडाध्यक्ष पदमा २ जनाको उम्मेदवारी परेको छ । वडा नं २ मा वडाध्यक्ष पदका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । राेल्पाकाे थवाङ गाउँपालिका  वडा नं १ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी परेको छ । 

बाँकेको कोहलपुर नगरपालिका वडा नं ६ मा हुने वडाध्यक्ष पदको निर्वाचनका लागि ५ जनाको उम्मेदवारी परेको छ भने अर्घाखाँचीको मालारानी गाउँपालिकाको वडा नं ३ को वडाध्यक्ष पदका लागि ३ जनाले उम्मेदवारी दिएका छन् ।

प्यूठानको ऐरावती गाउँपालिकामा वडा नं १ का लागि ३ जनाको उम्मेदवारी परेपनि अध्यक्ष पदका उम्मेदवार अर्जुन थापाले उम्मेदवारी फिर्ता लिएका थिए । त्यस्तै रोल्पाको थवाङ गाउँपालिका वडा नं १ का लागि हुने निर्वाचनमा पनि ४ जनाको उम्मेदवारी परेकोमा भद्रकुमारी झाँक्रीले उम्मेदवारी फिर्ता लिएकी थिईन् ।

प्रदेश ५ मा उपनिर्वाचन हुने क्षेत्रमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !