२७ बैशाख २०८१, बिहिबार

मन्त्री फेर्न प्रधानमन्त्रीलाई शैद्वान्तिक सहमति, प्रवास ईन्चार्जमा पाण्डे

प्रकाशित मिति :  17 November, 2019 8:11 pm


काठमाडौं, १ मंसिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालय बैठकले मन्त्रीपरिषद हेरफेर गर्न जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा अाेलीलाई शैद्वान्तिक सहमति दिएकाे छ । अाज बसेकाे सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई अधिकार दिएको हाे । याे निर्णयसंगै मन्त्री फेर्ने लामाे समयदेखिकाे चर्चाले ठाेस रूप लिएकाे छ ।

प्रवास समन्वय कमिटी इञ्चार्जमा पाण्डे, अध्यक्षमा चौलागाईं

बैठकले प्रवास ईन्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएको छ । प्रवास ईन्चार्जकाे जिम्मा विन्दा पाण्डेलाई दिएको छ भने सह-इञ्चार्जको जिम्मेवारी लक्ष्मण पन्तलाई दिएको छ । यस्तै, अध्यक्षमा युवराज चौलागाईं र सचिवमा श्रीप्रसाद साहलाई चयन गरिएकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पाण्डे यसअघि पनि एमालेमा सोही जिम्मेवारीमा थिइन् । सह-इन्चार्ज लक्ष्मण पन्त पूर्वमाओवादीका हुन् । अध्यक्ष चौलागाई यसअघि तत्कालीन माओवादीको विदेश विभागका सचिव थिए । सचिव श्रीप्रसाद साह तत्कालीन एमालेका मध्यपूर्व इन्चार्ज थिए । 



प्रतिक्रिया दिनुहोस !