२३ बैशाख २०८१, आइतबार

प्रहरी अतिरिक्त महानिरीक्षकमा शाही र कार्कीको बढुवा सिफारिस

प्रकाशित मिति :  15 July, 2020 8:59 pm


काठमाडौं, असार ३१ । 

गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)मा निरजबहादुर शाही र प्रद्युम्न कुमार कार्कीलाई बढुवाको सिफारिस गरेको छ ।

बढुवा समितिको आज बसेको बैठकले दुबै जनालाई प्रहरी नायब महानिरीक्षक(डिआईजी)बाट एआईजी पदमा बढुवा सिफारिस गरेको हो ।
रिक्त दुई एआईजी पदका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी)द्धय निरजबहादुर शाही र प्रद्युम्न कार्की स्वभाविक दाबेदार थिए ।

दुबैजना असार २४ मा आईजीपी भएका थापा क्षत्रीकै ब्याजी हुन् । आईजीपी क्षेत्रीसँगै शाही र कार्की १९ वैशाख २०४९ प्रहरीमा भर्ना भएका  हुन् । तर, एआईजीमा बढुवाका लागि शाही र कार्कीसँगै कनिष्ठ डिआईजी विश्वराज पोखरेलपनि प्रतिष्प्रधामा थिए ।

१९ वैशाख २०४९ मा भर्ना पछि ६० जनाको पदस्थापन हुँदा कार्कीले पाँचौँ र शाही ९ औं नम्बरमा थिए । डीआईजी बढुवाको चुनौति नवनियुक्त आईजीपी थापा क्षत्रीले सजिलै पार लगाएका छन् ।

आईजीपी भएको एक हप्तामै आईजीपी थापा क्षत्रीले विना विवाद रिक्त एआईजी पदमा बढुवा गर्न सफल भएका छन् ।



प्रतिक्रिया दिनुहोस !