१४ बैशाख २०८१, शुक्रबार

वीरगञ्जमा कोरोना संक्रमणबाट ८५ बर्षीया वृद्धाको मृत्यु

प्रकाशित मिति :  24 July, 2020 3:48 pm


वीरगञ्ज, साउन ९ । 

वीरगञ्जमा कोरोना संक्रमित ८५ वर्षीया वृद्धाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिपछि उनलाई ५ दिनअघि एडभान्स अस्पताल भर्ना गरिएको थियो ।

कोरोनासँग मिल्ने लक्ष्ण देखिएपछि स्वाब संकलन गरी परीक्षण गर्दा  बुधवार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्थायी कोभिड अस्पताल गण्डक अस्पतालमा सारिएको थियो ।

उनको उपचारका क्रममा आज बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।डा. सिंहका अनुसार उनी मुटुका रोगी थिइन् ।



प्रतिक्रिया दिनुहोस !