१२ बैशाख २०८१, बुधबार

नाडालले यस वर्षको युएस ओपन टेनिस नखेल्ने

प्रकाशित मिति :  5 August, 2020 6:35 pm


एजेन्सी ,२१ साउन ।

स्पानिस टेनिस स्टार राफेल नाडालले यस वर्षको युएस ओपन टेनिस नखेल्ने भएका छन् ।

नाडालले सामाजिक संजालमा लेख्दै कोरोना भाइरस महामारीको कारण विश्वभर कठिन अवस्था रहेकाले नाडालले युएस ओपन नखेल्ने बताएका हुन् । नाडालले यो निर्णय लिन कठिन भएको तर आफ्नो मनलाई पालना गरेको लेखेका छन् ।

अमेरिकाको टेनिस एसोसिएसनले आगामी अगष्ट ३१ बाट युएस ओपन टेनिस गराउने तयारी गरेको छ । नाडालले गत वर्ष डानिल मेडभेडेभलाई पराजित गर्दै चौथो पटक युएस ओपनको उपाधि जितेका थिए ।



प्रतिक्रिया दिनुहोस !