८ बैशाख २०८१, शनिबार

अमेरिकी राष्ट्रपतिद्धारा टिकटक र वी च्याट बन्द गर्ने आदेशमा हस्ताक्षर

प्रकाशित मिति :  7 August, 2020 9:12 am


काठमाडौं, २३ साउन ।

अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक र वी च्याट बन्द गर्न एक आदेशमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे ४५ दिनभित्र अमेरिकामा टिकटक प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका हुन् ।

आदेशमा भनिएको छ,”अमेरिकाले हाम्रो राष्ट्रिय सुरक्षाको रक्षा गर्न टिकटकका मालिकविरूद्ध आक्रामक कारबाही गर्नुपर्ने छ ।”

टिकटकले भने डाटाहरु चिनियाँ सरकारको नियन्त्रणमा रहेको वा साझेदारी गरेको विषय अस्वीकार गर्दै आएका छ । अमेरिकी राष्ट्रपतिले वी च्याटलाई प्रतिबन्ध लगाउने आदेशमा पनि हस्ताक्षर गरेका बीबीसीले जनाएको छ ।

दुबै कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले भनेका छन्, “सूचना र सञ्चार प्रविधि र सेवाहरू आपूर्ति श्रृंखलाको सम्बन्धमा राष्ट्रिय आपतकालको सामना गर्न थप कदमहरू चाल्नुपर्नेछ ।”

उनी भन्छन्, “ चीनमा बनेका र चीनको स्वामितवमा रहेर अमेरिकामा फैलिएका मोबाइल एप्सको प्रयोले अमेरिकाको राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति र अर्थव्यवस्था खतरामा छ ।”

उनले दुबै एप्सलाई “खतरा“ को रूपमा उल्लेख गरेका छन् । दुबै आदेशहरूले एप्सका चिनियाँ मालिक वा उनीहरूका सहयोगी कम्पनीहरूका साथ कुनै पनि कारबोबार रोक्ने छ ।



प्रतिक्रिया दिनुहोस !