१३ बैशाख २०८१, बिहिबार

म्यान्सेष्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइलनमा

प्रकाशित मिति :  8 August, 2020 10:38 am


एजेन्सी, २४ साउन ।
इंग्लिस क्लब म्यानचेष्टर सिटी युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ को दोस्रो लेगमा रियललाई २–१ ले हराउँदै सिटीले अन्तिम ८ मा स्थान पक्का गरेको हो।

पहिलो लेगमा सिटीले रियललाई रियलकै मैदानमा २–१ ले पराजित गरेको थियो । दोस्रो लेगमा सिटीले आफ्नै मैदानमा रियललाई पराजित गरेपछि समग्रमा ४–२ को जित हात पारेको हो ।

दोस्रो लेगमा सिटीका लागि घरेलु मैदानमा रहिम स्ट्रलिङ र गाब्रिएल जेसलले गोल गरे । रियलका लागि करिम बेन्जामाले एक गोल गरे।

खेलको नवौं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा बेन्जामाले गोल फर्काउँदै खेल बराबरीमा ल्याए तर ग्याब्रियल जिससले ६८औँ मिनेटमा गोल गर्दै सिटीलाई दोस्रो लेगमा पनि २–१ को जीत दिलाए ।

सिटीले अब पोर्चुगलमा हुने क्वाटरफाइनलमा फ्रेन्च क्लब लियोनसँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस !