१६ चैत्र २०८०, शुक्रबार

प्यूठानको माडीखोलामा साइकलसहित खस्दा दुई बालक बेपत्ता

प्रकाशित मिति :  9 August, 2020 8:48 am


 

प्यूठान, २५ साउन ।

प्यूठानको माडीखोलामा साइकलसहित खस्दा दुई बालक बेपत्ता भएका छन्।

स्वर्गद्वारी नगरपालिका-७ सोत्रेका १० वर्षीय सञ्जोक पार्धे र अन्दाजी १० वर्षीय विपीन गौतम बेपत्ता भएका हुन्। घर नजिकैको सडकमा साइकल चलाउँदै गर्दा सोत्रेढिकबाट झण्डै ९० मिटर तल माडीखोलामा खसेर उनीहरू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

हिजो रातिसम्म प्रहरी र स्थानीयवासीहरूले उनीहरूको खोजीकार्य गरेपनि रात परेका कारण खोजीमा स्थगित गरिएको थियो ।

विभिन्न प्रहरी पोष्टमा सूचना जारी गरी आइतबार बिहानैदेखि खोजीकार्य सुरू भएको जिल्ला सूचना अधिकारी प्रहरी निरिक्षक बिष्णु पौडेलले जानकारी दिए। अहिले माडीखोलामा निकै ठूलो धमिलो बाढी आएकाले खोजीकार्यमा समस्या भएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !