१३ बैशाख २०८१, बिहिबार

काठमाडौं गोंगबुमा विभत्स हत्या गरिएका बोहोराको अन्त्यष्टि, पूर्वसभामुख घर्तीद्धारा श्रद्धाञ्जली

प्रकाशित मिति :  13 August, 2020 9:02 pm


काठमाडौं, २९ साउन ।

काठमाडौंको गोंगबुमा विभत्स तरिकाले हत्या गरिएको रोल्पाका कृष्णबहादुर बोहोराको अन्त्येष्टि गरिएको छ । उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

पशुपति आर्यघाटमा बोहोराप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पूर्वभामुख ओनसरी घर्ती । फोटोःजीवन रोकामगरको फेसबुकबाट

बोहोरालाई पूर्वसभामुख ओनसरी घर्ती र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्थानका उपाध्यक्ष गोकुल घर्ती लगायत पशुपति आर्यघाटमा पुगेर श्रद्धाञ्जली दिएका थिए ।

परिवारको आर्थिक अवस्था नाजुक रहेकाले अन्त्येष्टिमा लाग्ने सबै खर्च र परिवारलाई घर फर्कनका लागि पूर्वसभामुख पूर्वसभामुख घर्तीले सहयोग उपलब्ध गराएकी थिईन् ।

रोल्पाको रुन्टीगढी गाउँपालिका स्थायी घर भएका बोहोराको गत शनिबार विभत्स तरिकाले हत्या भएको थियो । हत्यामा संलग्न महिलालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

सम्बन्धित समाचार

काठमाडौंको गोंगबु हत्याकाण्ड आरोपी महिला सार्वजनिक



प्रतिक्रिया दिनुहोस !