२३ बैशाख २०८१, आइतबार

प्यूठानमा भदौ १५ गतेसम्म सार्वजनिक तथा निजी यातायात पूर्ण रुपमा बन्द गर्ने निर्णय

प्रकाशित मिति :  18 August, 2020 4:56 pm


प्यूठान, २ भदौ ।

प्यूठानमा आज राति १२ बजेदेखि सार्वजनिक तथा निजी यातायात पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अध्यक्षतामा आज बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले भदौ १५ गतेसम्म सार्वजनिक तथा निजी सवारीसाधन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण दर बढी भएका जिल्लाका व्यक्तिको आवातजावत प्यूठानमा बढी हुन थालेको भन्दै यातायात बन्द गर्न थालिएको जिल्ला प्रशासन कार्यालय प्यूठानका सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले जानकारी दिए ।

अत्यावश्यकबाहेक अन्य सवारीसाधन पूर्ण रुपमा बन्द हुनेछन् ।  चाडपर्वका समयमा व्यक्तिको आवतजावत बढी हुने भएकाले यही भदौ १५ गतेसम यातायात बन्द गर्ने निर्णय गरिएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !